दफा ५५
गुठी जग्गा रैकरमा दर्ता गराउनेलाई सजाय
यो ऐन प्रारम्भ भएपछि जानी जानी गुठी जग्गा रैकरमा दर्ता गराउने व्यक्तिलाई वा दफा ५० बमोजिम गुठी जग्गामा दर्ता नगराउने व्यक्तिलाई रैकरमा दर्ता भएको जग्गाको प्रचलित दरभाउले हुन आउने मोल बराबरसम्म जरिवाना हुनेछ । त्यसरी रैकरमा दर्ता गरिएको जग्गा गुठीमा पुन दर्ता गरिनेछ र त्यस्तो जग्गामा घर पसल बनाइसकेको रहेछ भने सो जग्गामा भूबहाल लाग्नेछ ।